उर्जा संकट न्यूनिकरणका लागि पाकिस्तानले सातामा दुई दिन विदा दिने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २५, २०७९ | काठमाडौं

उर्जा संकट न्यूनिकरणका लागि भन्दै पाकिस्तानले सातामा दुई दिन विदा दिने योजनालाई पुनः कार्यान्वयनमा ल्याएको छ । पाकिस्तान सरकारले खर्च कटौतीको लागिे सातामा दुई दिन विदा दिने योजना ल्याएको बताएको छ ।

 यसअघि गत अप्रिल १६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले सार्वजनिक क्षेत्रमा शनिबारको बिदा कटौती गरी कार्यालय खुला राख्न र साप्ताहिक विदालाई आइतबारमात्र कायम राख्न निर्देशन दिनुभएको थियो । यद्यपि उहाँको घोषणाको चौतर्फी आलोचना भएको थियो । 

सरकारले यसबाहेक सरकारी अधिकारीलाई दिइने पेट्रोलको कोटामा पनि ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको रोयटर्सले उल्लेख गरेको छ । 


प्रतिक्रिया