भारतमा फेरि कोरोनाको कहर, एकै दिन ७ हजार २४० जनामा संक्रमण

जेष्ठ २६, २०७९ | काठमाडौं

भारतमा कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आज एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो ।

 यो तीन महिनापछिकै पहिलो पटक सो संख्यामा कोभिड संक्रमित देखिएका हुन् । भारतमा अहिले ३२ हजार ४ सय ९८ जना सक्रिय संक्रमित छन् । 

सबैभन्दा बढी महाराष्ट्र र केरलामा संक्रमण दर बढेको छ । महाराष्ट्रमा हिजो एकैदिन २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो । यो संख्या २५ जनवरीपछिकै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ ।  


प्रतिक्रिया