अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटना सम्बन्धमा संसदीय सुनुवाई सुरु

जेष्ठ २७, २०७९ | काठमाडौं

 सन् २०२१ को जनवरीमा अमेरिकी संसद भवन क्यापिटोलमा भएको हिंसात्मक घटनामा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको भन्दै संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असन्तुष्टी जनाउँदै तत्कालिन राष्ट्रपति ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा हिंसा भड्किएको थियो ।

 त्यो हिंसा भड्काउन ट्रम्पको भूमिका रहेको आरोप लगाइएको छ । संसदीय समितिमा रहेका अधिकांश सदस्यले पूर्व राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । जारी सुनुवाइका क्रममा समितिका अध्यक्ष बेनि थोमसनले सो घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको र त्यसको जिम्मा ट्रम्पले लिनुपर्ने तर्क गर्नुभएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया