चट्याङ र पहिरोमा परि केही दिन यता भारतमा कम्तीमा ५९ जनाको मृत्यु

असार ६, २०७९

भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परि कम्तीमा ५९ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरू अलपत्र परेका छन् । आगामी केही दिनमा बाढीको प्रभाव अझै बढ्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । बंगलादेशका सरकारी अधिकारीहरूले हालै आएको बाढीलाई सन् २००४ यताकै सबैभन्दा खराब भएको बताएका छन् । 

गत सातादेखि परेको अविरल वर्षाले छिमेकी भारतका पहाडी क्षेत्र डुबानमा परेको छ । विद्यालयहरूलाई अस्थायी आश्रयस्थलमा परिणत गरिएको छ । वर्षाका कारण सम्पर्कविहिन भएका घरपरिवारलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । भारतकै असम राज्यमा ५ दिन यता १८ लाख मानिस वर्षाका कारण आएको बाढीले विस्थापित भएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया