श्रीलंकामा इन्धन कटौती

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९ | काठमाडौं

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले इन्धनमा कटौती गर्ने भएको छ । आर्थिक संकटका कारण डिजेल, पेट्रोल र कच्चा तेल आयातमा समस्या भएपछि देशभित्रै इन्धन कटौती गर्न लागिएको श्रीलंकाली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले बताउनुभयो । 

मन्त्री विजकेसरीले त्यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने बताउनुभयो । चरम आर्थिक संकट एवम् विदेशी मुद्राको अभावका काणण श्रीलंकामा इन्धन, औषधि, खाद्यान्न लगायतका आवश्यक वस्तुको चरम अभाव भइरहेको छ । 

 जसका कारण इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण श्रीलंका टाट पल्टिएको घोषणा गर्नुभएको थियो । 


प्रतिक्रिया