ट्रम्पको घरमा एफबीआईको छापा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा केन्द्रिय अनुसन्धान व्युरो एफबीआईले छापा मारेको छ । चुनावी नतिजालाई लिएर गत वर्ष राष्ट्रपति भवनमा भएको हिंसाको अनुसन्धानका लागि व्युरोले फ्लोरिडास्थित पूर्व राष्ट्रपति ट्रम्पको घरमा छापा मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चुनावी परिणाम आफ्नो पक्षमा नपरेपछि ट्रम्पले हिंसा भड्काएको आरोप लाग्दै आएको छ । एफबीआईको छापा पश्चात विज्ञप्ति जारी गर्दै ट्रम्पले आफूले सरकारी संस्थासँग समन्वय गर्दै आएपनि अनावश्यक हस्तक्षेप गरेको बताउनुभएको छ । राज्यबाट भएको असमान व्यवहारले सन् २०२४ मा हुने निर्वाचनबाट आफूलाई पुन: राष्ट्रपति बन्न बल पुगेको ट्रम्पको जिकिर छ । अनुसन्धानका क्रममा कानूनी प्रक्रिया अनुसार नै पूर्व राष्ट्रपतिको निवासमा खोजीका लागि वारेन्ट जारी गरिएको एफबीआईले जनाएको छ । 


प्रतिक्रिया