अफगान महिलालाई विद्यालय पठाउने प्रवन्ध गर्न संयुक्त राष्ट्रसंघमा अपिल

आश्विन ५, २०७९

अफगान महिलाहरुलाई पुन:विद्यालय पठाउने प्रवन्ध गर्न संयुक्त राष्ट्रसंघमा अपिल गरिएको छ । अफगान महिलाहरुको शिक्षाको रक्षा गर्न संयुक्त राष्ट्रसंघका विश्व नेताहरुलाई अपिल गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगान महिलाहरुको रोबोटिक्स टोलीका पूर्व कप्तान सोमाया फारुकीले अफगान महिलाहरुको शिक्षाको अधिकार रक्षा गर्न संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय बैठकमा सहभागि विश्व नेताहरूलाई फारुकीले एकजुट हुन र अफगान महिलाहरुलाई पुन: विद्यालय जाने व्यवस्था मिलाउन र उनीहरुको अधिकारको संरक्षणको माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानका महिलाहरु शिक्षा र अधिकारबाट वञ्चित हुँदै आएका छन् ।


प्रतिक्रिया