श्रीलंकाको वार्षिक मुद्रास्फीति दर ७० प्रतिशत माथि पुग्यो

आश्विन ६, २०७९

श्रीलंकाको वार्षिक मुद्रास्फीति दर ७० प्रतिशत भन्दा बढी पुगेको छ । सात दशक यताकै खराब अर्थतन्त्रको सामना गरिरहेको श्रीलंकाको अगस्ट महिनामा मुद्रास्फीति दर ७० दशमलव २ प्रतिशत पुगेको हो । खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४ दशमलव ६ प्रतिशतले बढेको छ । विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको श्रीलंकामा खाद्यान्नको मूल्य आकाशिएसँगै दैनिकी थप कष्टकर बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

देशले इन्धन, मल र औषधिलगायत प्रमुख आयात धान्न सकेको छैन । गत हप्ता सार्वजनिक एक तथ्याङकले अगस्टको अन्त्यसम्मको तीन महिनामा अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले संकुचित भएको देखाएको थियो । 


प्रतिक्रिया