जापानले विदेशी पर्यटकका लागि सीमा खोल्ने

आश्विन ७, २०७९ | काठमाडौं

जापानले कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि बन्द सीमा विदेशी पर्यटकका लागि खोल्ने भएको छ । पर्यटकहरूले अक्टोबर ११ देखि भिसा बिना नै जापान भ्रमण गर्न सक्ने बताइएको छ । दैनिक आगमनमा लगाइएको प्रतिबन्ध पनि हटाइने बताइएको छ । 

अमेरिकी डलरको तुलनामा जापानी येन को मूल्य खस्केपछि जापानले पर्यटकका लागि सीमा खुल्ला गर्ने रणनीति अघि सारेको हो । प्रधानमन्त्री फुमियो किशिदाले जापानको अर्थतन्त्र उकास्नका लागि सीमामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको बताउनु भएको छ । जापानसंगै ताइवान र हङकङले पनि कोरोना कालमा लगाइएको प्रतिबन्ध फुकुवा गरेका छन् ।

 ताइवानले अक्टोबरको मध्येबाट पर्यटकका लागि गरिएको क्वारेन्टाइनको व्यवस्था हटाउने भएको छ । हङकङले भने सेप्टेम्बर २६ देखि आगन्तुकका लागि होम क्वारेन्टाइनको व्यवस्था गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया