युक्रेनयुद्धमा आत्मसमर्पण गर्नेलाई १० वर्ष जेल सजाय

आश्विन ९, २०७९

रुसमा अतिरिक्त सेना परिचालनको विरोधमा देशभर प्रदर्शन चर्किएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध लड्न ३ लाख अतिरिक्त सेना सम्वन्धी मस्यौदा तयार गर्ने योजना घोषणा गरेसँगै प्रदर्शन चर्किएको हो । सेना परिचालनको विरोधमा देशभरि प्रदर्शन जारी रहँदा सयौं मानिसहरूलाई पक्राउ परेका छन् । ३२ विभिन्न शहरहरूबाट हिजो मात्रै ७ सय २४ जनालाई नियन्त्रणमा लिएको एक स्वतन्त्र अधिकार समूह लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख सेना परिचालनको मस्यौदा तयार गर्ने योजना घोषणा गरेपछि रुसमा व्यापक प्रदर्शन सुरु भएको हो ।

रुसमा सरकार विरोधी प्रर्दशन गर्न प्रतिवन्ध छ तर नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदमपछि विरोध प्रदर्शन भइरहेको छ । युद्धका क्रममा आत्मसमर्पण गर्ने, पद त्याग्ने प्रयास गरेको वा लड्न अस्वीकार गर्ने कुनै पनि सैनिकलाई १० वर्षसम्म जेल सजाय तोक्ने नयाँ आदेशमा राष्ट्रपति पुटिनले हस्ताक्षर पनि गर्नुभएको छ । राष्ट्रपतिले देशको सेनामा एक वर्ष सेवा गर्न साइन अप गर्ने कुनै पनि विदेशी नागरिकलाई रूसी नागरिकता प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया