अफगानस्तानमा तालिवानले शैक्षिक पाठ्यक्रम परिमार्जन गर्ने

आश्विन ९, २०७९ | काठमाडौं

अफगानस्तानमा तालिवान सरकारले शैक्षिक पाठ्यक्रमको परिमार्जन गर्ने घोषणा गरेको छ । अफगान संस्कृति, अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड र इस्लामिक कानूनलाई ध्यानमा राखेर तालिवानी सरकारले पाठ्यक्रमको परिमार्जन गर्नेे घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि सोहीअनुरुप परिमार्जन गर्न लागिएको तालिबान सरकारको उच्च शिक्षा मन्त्रालले जनाएको छ । ३५ वटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको छ भने केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जनाइएको छ । परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० वटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् ।

अफगानिस्तानमा अहिले १ सय ६५ वटा फरक–फरक शैक्षिक पाठ्यक्रम देशभरि लागू गरिएको छ । तालिबान सरकारले छात्रालाई विद्यालयमा पठनपाठन तथा रोजगारी गर्न समेत रोक लगाएको छ । त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर जान आदेश छ । महिलाहरु शिक्षाबाटै वञ्चित हुँदा उनीहरुको मौलिक अधिकारको नै उल्लङ्घन भएको भन्दै आलोचना भईरहेको छ । 


प्रतिक्रिया