फिलिपिन्समा शक्तिशाली आँधी, हजारौं विस्थापित

आश्विन १०, २०७९

फिलिपिन्सको लुजोन टापुमा आएको सुपर टाईफुन नामक शक्तिशाली आँधीका कारण हजारौं विस्थापित भएका छन् । ८४ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधिका कारण करिव ६ करोड बढी जनसंख्या रहेको लुजोन सवै भन्दा बढी प्रभावित भएको हो । आँधीसँगै भएको वर्षाका कारण राजधानी मनिला लगायतका क्षेत्रमा आकस्मिक बाढी, पहिरो, लगायतका प्रकोप हुन सक्ने भन्दै सावधान अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

भारी वर्षाले धेरै बाँधहरू भरिंदा बाढीको जोखिम बढाएको हो । आधिका कारण सरकारी कार्यालय, उडानहरु एवं विद्यालयहरु बन्द भएका छन् ।स्वयंसेवकहरूले नदीको सतह, पुल र पहाडी क्षेत्रमा पहिरोको जोखि रहेको भन्दै उच्च निगरानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि सन् २०२१ को डिसेम्बरमा आएको राइ नामक आाधीका कारण करिब ४ सय जनाको मृत्यु भएको थियो । यस्तै सन् २०१३ मा आएको अर्को शक्तिशाली हाइयान नामक आाधीका कारण ६ हजार ३ सय बढीको ज्यान गएको थियो । 


प्रतिक्रिया