इटालीले पहिलो पटक महिला प्रधानमन्त्री पाउँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९ | रोम

इटालीले पहिलो पटक महिला प्रधानमन्त्री पाउने निश्चित भएको छ । इटालीको निर्वाचनमा ब्रदर्स पार्टीकी दक्षिणपन्थी नेता जर्जिया मेलोनी भारी मतसहित विजयी हुने निश्चित भएको मत सर्वेक्षणले देखाएका छन् ।

 निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई ६ दशमलव १ प्रतिशत मतान्तरले पछाडि पार्दै ब्रदर्श पार्टीकी उम्मेदवार मेलोनी विजय उन्मुख हुनुभएको हो । निर्वाचनमा विजयीसँगै मेलानी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मेलोनीले प्रधानमन्त्री पदमा २२ देखि २६ प्रतिशत मतको बीचमा जित्ने प्रक्षेपण गरिएको छ । उहाँले सिनेटको लागि एक चौथाई भन्दा बढी मत पाउने अनुमान गरिएको हो । 


प्रतिक्रिया