रूसी विद्यालयमा गोली चल्दा १३ को मृत्यु

आश्विन १०, २०७९ | काठमाडौं

रूसको इजेभ्स्क शहरको एक विद्यालयमा आज भएको गोलीकाण्डमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । पश्चिमी रुसको राजधानीस्थित शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा परि १४ बालबालिका र अन्य सात गरि २१ जना घाइते भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

 आक्रमणकारीले आत्महत्या गरेको र शव फेला परेको रूसी प्रहरीले जनाएको छ । आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको रुसी अनुसन्धान समितिले जनाएको छ ।    


प्रतिक्रिया