जापानका पूर्व प्रधानमन्त्री आवेको आज अन्त्येष्टी

आश्विन ११, २०७९

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको राजकीय सम्मानकासाथ आज अन्त्येष्टी गरिँदैछ । २ सय १७ मुलुकबाट ७ सय भन्दा बढी विशिष्ट व्यक्तिहरु अन्त्येष्टी समारोहमा सामेल हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजकीय सम्मान अगाडि विदेशी पाउनाले जापानका प्रधानमन्त्री फुमिओ किस्हिदासँग भेट गर्ने बताइएको छ ।

राजकीय सम्मान पाउने आबे जापानका दोस्रो प्रधानमन्त्री हुनुहुन्छ । यसअघि प्रधानमन्त्री सिगेरू योशिदाको निधनमा ५५ वर्षअघि राजकीय अन्तिम संस्कार गरिएको थियो । उहाँलाई विश्वयुद्धपछिको जापानको बाटो तय गरेको श्रेय दिइन्थ्यो । राजकीय सम्मानका लागि १ सय ७६ मिलियन ऐनको एक कम्पनीसँग सम्झौता गरिएको छ । अन्त्येष्टीका लागि यति ठूलो रकम खर्च गर्न लागिएको भन्दै जापानमा आलोचना भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानले अहिले दशकौँ यताको खराब महँगी झेलिरहेको छ । आलोचकहरूले उक्त रकम सबैभन्दा धेरै मारमा परिरहेका न्यून आय भएका परिवारमा खर्च गर्न सकिने बताइरहेका छन् । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको गत जुलाई गोली हानी हत्या भएको थियो ।


प्रतिक्रिया