ताइवानमा अनिवार्य सैन्य सेवा लम्बियो

पुस १२, २०७९ | काठमाडौं

ताइवानले अनिवार्य सैन्य सेवालाई एक वर्षको लागि लम्ब्याएको छ । ताइवानले अनिवार्य सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने राष्ट्रपति साई इङ–वेनलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

स्वशासित टापुलाई आफ्नो क्षेत्र दाबी गर्ने चीनसंग बढ्दो तनावको बीचमा यस्तो निर्णय सार्वजनिक भएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति साईले बेइजिङबाट आक्रमण भएमा ताइवानको रक्षालाई सुदृढ पार्ने नयाँ योजनो घोषणा गर्नुभयो ।

 उहाँले ताइवान अधिनायकवादी विस्तारको अग्रपंक्ति रहेको समेत उल्लेख गर्नुभयो । 


प्रतिक्रिया