चीनमा फैलिएको कोरोना संक्रमणलाइ लिएर भारत आत्तिनु पर्दैनः विज्ञ

पुस १३, २०७९ | काठमाडौं

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणबाट भारत आतंकित हुन नपर्ने विज्ञले बताएका छन् ।

 चीनमा फैलिएको कोरोना संक्रमणले भारतलाई कुनै नोक्सानी नपुर्‍याउने विज्ञको भनाइलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 यद्यपी सावधानी भने अपनाउन विज्ञको सुझाव छ । छिमेकी मुलुक चीनमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै भारतले उच्च निगरानी बढाएको छ । 

चीन सहित एसियाली मूलुकका अन्य चार मुलुकका नागरिक भारत प्रवेश गर्नुपरेको अवस्थामा अनिवार्य कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने छ ।

पछिल्लो पटकको BF.7  नामक ओमिक्रोनको सवभेरियन्टका कारण भारतमा नागरिक थप ससंकित तथा त्रसित बनेका छन् । पछिल्लो तथ्याङक अनुसाार झारतमा कोरोनाका ३ हजार ४ सय संक्रिय संत्रमित छन् ।

 यस्तै चीनमा सून्य कोभिड निति हटाइएसँगै कोरोना संक्रमणको अवस्था दिनहु बढ्दै गएको छ । जसले कोरोनाको नयाँ लहरलाई लिएर विश्वव्यापी रुपमा चिन्ता व्यक्त हुन थालेको छ । 


प्रतिक्रिया