अमेरिका प्रवेश गर्न चाहने चिनियाँ नागरिकका लागि कोभिड परिक्षण अनिवार्य

पुस १४, २०७९

अमेरिकाले आगामी जनवरी ५ देखि लागू हुने गरि आफ्नो मुलुक प्रवेश गर्न चाहने चिनियाँ नागरिकका लागि कोभिड परिक्षण अनिवार्य गरेको छ । चीनले जनवरी ८ देखि आफ्नो देशमा प्रवेश गर्ने विदेशी नागरिकलाई क्वारेन्टिन बस्नु नपर्ने घोषणा गरेसँगै अमेरिकाले पछिल्लो कदम चालेको हो । 

अमेरिकी अधिकारीहरुले चीनमा कोरोना बढीरहेको र त्यहाँबाट प्राप्त सूचनामा पारदर्शिता नभएको कारण नयाँ नियम जारी गरिएको बताएका छन् ।

यस्तै चीनलाई ट्रािन्जट बनाएर यात्रा गर्ने तेस्रो मुलुकका यात्रुलाई पनि पछिल्लो नियम लागू हुनेछ । यात्राभन्दा १० दिन अघि कोरोना पोजिटिभ भएको भए, यात्रुले आफ्नो स्वास्थ्य सुधार भएको कागजात प्रस्तुत गर्न सक्ने बताइएको छ ।

इटाली जापान, मलेसिया ताइवान भारत लगायतका मुलुकले पनि चीनियाँ यात्रुका लागि कोरोना परिक्षण अनिवार्य गरेका छन् । ती मुलुकमा यात्रा गर्ने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । 


प्रतिक्रिया