पुटिनले आफ्नै नागरिकलाई बर्बादी तर्फ धकेलेको राष्ट्रपति जेलेन्स्की भनाई

पुस १७, २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै मूलुकलाई बर्बाद पारेको आरोप लगाउनु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै रुसका राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण तीब्र पारेर आफ्नै जनतालाई बर्बादी तर्फ धकेलेको बताउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

रुसले हिजो मात्र युक्रेनका विभिन्न शहरहरुमा आक्रमण तीब्र पारेको छ । सन् २०२३ को शुरुवाती समयमा नै रुसको अथक हवाई अभियानबाट थाकेका युक्रेनीहरूमा थप क्रोध र घृणा बढाएको छ । राजधानीमा नयाँ वर्ष मनाउन भेला भएका नागरिकमाथि पनि रुसी सेनाले आक्रमण गरेको युक्रेनी अधिकारीले आरोप लगाएका छन् । 

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेयता पछिल्लो समय सबैभन्दा ठूलो हवाई हमला भएको हो । हालै भएका दर्जनौं आक्रमणहरूले युक्रेनका अधिकांश क्षेत्रमा विद्युत कटौती भएको छ । मस्कोले बारम्बार नागरिकहरूलाई निशाना बनाएको अस्वीकार गरेको छ, तर राष्ट्रपति पुटिनले महत्वपूर्ण ऊर्जा सुविधाहरूमा प्रहार गरेको स्वीकार गर्नु भएको छ । 


प्रतिक्रिया