भारतमा शीतलहर र हुस्सुले जनजीवन कष्टकर

पुस २५, २०७९

भारतको उत्तरी क्षेत्रमा शीतलहर र हुस्कुका कारण जनजीवन थप कष्टकर बन्दै गएको छ । दिल्ली, राजस्थान, जम्मुकस्मिर लगायत क्षेत्रमा घढ्दो तापक्रमका कारण दैनिकी थप जटिल बन्दै गएको बीबीसीले जनाएको छ । कुहिरो तथा हुस्सुका कारण सयौँ हवाई उडान प्रभावित हुन पुगेका छन् भने रेलको तालिकासमेत प्रभावित भएको छ । 

भारतको राजधानी दिल्लीमा केही समयका लागि विद्यालय बन्द गर्न तथा जाडो विदाको समयावधि थप्न सरकारले आग्रह गरेको छ । हाल भारतको राजधानी दिल्लीको तापक्रम १ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । यद्यपी भारतका अन्य उत्तरी क्षेत्रको तापक्रम भने माइनस ६ डिग्री सेल्सियसम्म मापन गरिएको छ । 

अत्याधिक चिसो बढेकाले सर्वसाधारणलाई केही समयका लागि बाहिरी काम रोक्न पनि सुझाव दिइएको छ । घट्दो तापक्रममा कारण दिल्लीमा वायु प्रदूषणसमेत बढेको बताइएको छ । भोलिदेखि भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया