चीनका ग्रामीण भेगमा कोरोना संक्रमण उच्च हुने चेतावनी

पुस २९, २०७९ | काठमाडौं

स्वास्थ्य सेवाको पहुँच न्यून रहेको चीनको ग्रामीण भेगमा कोरोना संक्रमणदर उच्च हुने चिनियाँ महामारी विशेषज्ञले चेतावनी जारी गरेका छन् ।

सीमा नाका पूर्ण रुपमा खुला भएसँगै ठूलो संख्यामा नागरिकहरु शहरी क्षेत्रबाट गाउँघर जानेक्रम बढेकाले ग्रामीण भेगमा कोरोना संक्रमणको अवस्था थप भयावह हुने देखिएको हो ।

आगामी दुई देखि तीन महिनाभित्रमा चीनमा कोरोनाको संख्या उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

चीनले आफ्नो शून्य कोभिड नीतिलाई हटाएसँगै कोरोनाको तथ्याङक समेत उपलब्ध गराउन छाडेको छ । स्वास्थ्य सेवाको सहज उपलब्धता भएको शहरी क्षेत्रमा समेत कोरोना संक्रमीतको चापले उपचारमा समस्या हुन थालेको अन्तराष्ट्रि सञ्चार माध्यामले जनाएका छन् ।


प्रतिक्रिया