फिलिपिन्सकी नोबेल पुरस्कार विजेता मारियालाई सफाइ

माघ ४, २०७९ | काठमाडौं

फिलिपिन्सकी नोबेल पुरस्कार विजेता मारिया रेसाले कर छलीको आरोपमा सफाइ पाउनु भएको छ ।

रेसालाई आज फिलिपिन्सको पुनरावेदन अदालतले कर छलीको मुद्दामा सफाइ दिएको हो । अदालतमा रेसाले कर छलीको मुद्दा पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्तेको सरकाले आलोचनात्मक रिपोर्टिङलाई दबाउनको लागि मात्र भएको बताएकी थिइन् ।

अदालतबाट सफाइ पाएपछि पत्रकारसँगको संक्षिप्त कुरागर्दै रेसाले तथ्य र न्यायको जित भएको बताएको रेसालाई उर्द्धत गर्दै अन्तराष्यिट्रय सञ्चारमाध्यामले जनाएका छन् ।

सो आरोपलाई रेसाले राजनीतिक रुपमा प्रेरित भएको समेत बताइन् । यदी कर छलीमा दोषि ठहर भएको भए उनले ३४ वर्षको जेल जिवन बताउनुपर्ने थियो । 


प्रतिक्रिया