युक्रेनमा मस्कोको पराजयले आणविक युद्ध शुरु हुनसक्ने रुसको चेतावनी

माघ ५, २०७९

युक्रेनमा मस्कोको पराजयले आणविक युद्ध शुरु हुनसक्ने रुसले चेतावनी दिएको छ । भ्लादिमिर पुटिनको नजिक मानिने पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवले नेटोलाई पराजयले आणविक युद्ध शुरु हुनसक्ने चेतावनी दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पुटिनको शक्तिशाली सुरक्षा परिषद्को उपाध्यक्ष समेत रहेका मेदवेदेवले टेलिग्राम सन्देश एपमा परम्परागत युद्धमा आणविक शक्तिको पराजयले आणविक युद्ध सुरु गर्न सक्ने चेतावनी दिनु भएको हो । सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गर्नु भएका मेदवेदेवले आणविक शक्तिहरूले कहिल्यै पनि ठूला द्वन्द्वहरू नहारेको र भाग्य पनि निर्भर हुने बताउनुभएको छ ।

यसैबीच युक्रेनले पश्चिमा मूलुकसंग युद्दका लागि ठूला ट्यांक पठाउन आग्रह गरेको छ । अमेरिका र जर्मनीको प्रतिबद्धता अनुसार युक्रेनले थप हतियार पठाउन आग्रह गरेको हो । युक्रेनले अर्बौं डलरको सैन्य सहायताको अपेक्षा समेत गरेको जनाएको छ । 


प्रतिक्रिया