युक्रेनका वरिष्ठ अधिकारीद्वारा राजीनामा

माघ १०, २०७९ | काठमाडौं

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकारमा कर्मचारीको फेरबदलका बीच धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन् ।

राष्ट्रपतिका प्रमुख सल्लाहकार, उपरक्षामन्त्री र नायब महान्यायाधिवक्ताले पछिल्लो पटक पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीले थप शीर्ष अधिकारीहरू बाहिर निस्कन सक्ने संकेत गर्नु भएको छ ।

पछिल्लो समय युक्रेनका राष्ट्रपति जेलेन्स्की भ्रष्टाचारलाई नियन्त्रण गर्ने तयारीमा हुनुहुन्छ ।उहाँले उच्च सरकारी अधिकारीहरूलाई आधिकारिक राज्य व्यवसाय बाहेक देश छोड्न प्रतिबन्ध लगाउनु भएको छ ।

आज राजीनामा दिने पहिलो व्यक्ति राष्ट्रपति कार्यालयका उपप्रमुख टिमोशेन्को रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टिमोशेन्कोले क्षेत्रीय नीतिको निरीक्षण गर्नुका साथै यसअघि जेलेन्स्कीको चुनावी अभियानमा समेत काम गर्नु भएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सर्वेक्षणमा युक्रेन भ्रष्टाचार मूलुकहरुको सूचीमा १ सय २२ औं स्थानमा छ । हालका वर्षहरूमा भ्रष्टाचार विरोधी सुधारहरू भए तापनि पश्चिमी सहयोगीहरूबाट अरबौं डलरको आर्थिक सहायता प्राप्त गर्ने किभको दाउ छ । 


प्रतिक्रिया