चिसोका कारण उत्तर कोरियाको जनजीवन प्रभावित

फाइल फोटो  

माघ ११, २०७९ | काठमाडौं

उत्तर कोरियामा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोबाट बच्न भन्दै सरकारी अधिकारीले सचेतनाको सूचना जारी गरेका छन् । कोरियाली प्रायद्धिपमा चिसो बढेसँगै गरिबीको रेखामुनी रहेका नागरिकको जीवन निकै कष्टकर बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

उत्तर कोरियाको तापक्रम माइनस ३० डिग्री सेल्सियस भन्दा पनि मुनि पुग्ने प्रक्षेपण गरिएको छ । उच्च गतिको हावाका कारण तटीय क्षेत्रमा तापक्रम निकै कम भएको हो । प्रतिकूल मौसम सम्बन्धमा उत्तर सहित दक्षिण कोरिया र चीनले समेत सचेतना जारी गरेका छन् ।

जापानमा पनि यो साता एक दशक यताकै न्यून तापक्रम मापन गरिएको छ । उत्तर कोरियामा न्यून आय भएका र्‍यागग्यांग, साउथ र नर्थ हृयामयंग क्षेत्रका बासिन्दा विद्युत उपभोगबाट समेत वञ्चित भएका छन् । चिसोका कारण कयौंको ज्यान जोखिममा रहेको बताइएको छ । 


प्रतिक्रिया