भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदै

माघ १२, २०७९ | काठमाडौं

भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । नयाँ दिल्लीको कर्तव्य पथमा आयोजना गरिने बृहत परेड मार्फत मुलुकको सैन्य शक्ति प्रदर्शन गर्दै भारतले आफ्नो गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० मा जनवरी २६ मा भारत गणतन्त्रात्मक मुलुक घोषणा भएको थियो ।

बेलायतबाट स्वतन्त्र भएपछि सार्वभौमअधिकार सम्पन्न भारत सरकारले नयाँ संविधान जारी गरेको दिनमा गणतन्त्र दिवस मनाउने गरेको छ । सन् १९४७ अगष्ट १५ का दिन बेलायतबाट स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा संविधान लागु भएको थियो । स–साना राज्यमा राजाहरुले शासन गरिरहेको अवस्थालाई बदल्दै भारतीय संविधानले गणतन्त्र घोषणा गरेको थियो । 

दिवस मनाउने क्रममा भारतले मुलुकको सैन्य शक्तिसहित विविधता प्रर्दशन गरिने जनाएको छ । ईजिप्टका राष्ट्रपति अब्देल फतेह अल सिसिलाई भारत सरकारले गणतन्त्र दिवस समारोहको विशेष अतिथिका रुपमा निम्त्याएको छ । 


प्रतिक्रिया