युक्रेन युद्धमा अमेरिका र युरोपेली मुलुकको प्रत्यक्ष संलग्नता : रुस

माघ १३, २०७९

युक्रेन युद्धमा अमेरिका र युरोपेली मुलुकको प्रत्यक्ष संलग्नता बढ्दै गएको रुसले आरोप लगाएको छ । पछिल्लो समय युक्रेनलाई अत्याधुनिक हतियार, बख्तरबन्द गाडी सहयोग गरेर युद्धमा नेटो प्रत्यक्ष सहभागी भएको प्रमाणित भएको रुसी भनाई छ । अमेरिका र जर्मनीले युक्रेनलाई दर्जनौं बख्तरबन्द गाडी उपलब्ध गराउने घोषणा गरेसँगै रुसको यस्तो प्रतिक्रिया आएको हो । क्रेमलिनका प्रवक्ता डिमिट्राइ पेसकोभले युरोपियन क्यापिटल र वासिङटनले हतियार सहयोगबारे निरन्तर विज्ञप्ती जारी गर्नुनै प्रत्यक्ष संलग्नताको आधार पुष्टि भएको रुसको भनाई छ ।

यसैविच, दक्षिणी तथा पूर्वी क्षेत्रमा गुमाएको आफ्नो भू–भाग फिर्ताका लागि युक्रेनले आधुनिक हतियार सहित सयौं सेना तैनाथ गर्ने बताएको छ । रुसले गत फेबु्रअरी २४ देखि युक्रेनमा युद्ध सुरु गरेको हो । युक्रेन युद्ध हुदै पछिल्लो समय मस्कोको टकराव नेटोसँग पनि शुरु भएको विश्लेषण भएको छ ।


प्रतिक्रिया