३ हजार बढी अफगानी शरणार्थी इरानबाट स्वदेश फिर्ता

माघ १३, २०७९ | काठमाडौं

आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण इरानमा शरण लिँदै आएका ३ हजार भन्दा बढी अफगानी शरणार्थीलाई बलपूर्वक स्वदेश फिर्ता पठाइएको छ ।

जनवरी २४ र २५ को अवधिमा मात्रै ३ हजार १ सय २३ जना अफगानी शणनार्थी फिर्ता भएको बताइएको छ । इरानले आफ्ना नागरिकललाई बलपूर्वक रुपमा फिर्ता पठाउन थालेसँगै तालिवान सरकारले अफगानी शरणार्थीप्रति शिष्ट व्यवहार गर्न भनेको छ ।

अफगानिस्तानमा तालिवान सरकारले सत्ता सम्हालेसँगै उत्पन्न आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण अधिकांश अफगानी नागरिक देश छाडेर इरानमा शरण लिन पुगेका थिए । हाल इरानमा ४० लाख अफगानी नागरिकले शरण लिएको बताइएको छ । 


प्रतिक्रिया