भारतमा कोभिड विरुद्धको नजल भ्याक्सिन स्वीकृत

माघ १३, २०७९

भारतले कोभिड विरुद्धको नजल भ्याक्सिन स्वीकृत गरेको छ । भारतको बायोटेक द्वारा बनाईएको इन्को भ्याक ड्रपको रूपमा राख्न सकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ को सेप्टेम्बरमा चीनले स्वासबाट लिने कोभिड विरुद्धको खोप स्वीकृत गरेको थियो । वैज्ञानिकहरूका अनुसार नाकबाट राखिने सो खोपले नाक र माथिल्लो वायुमार्गको तहमा थप प्रतिरोधात्मक क्षमता प्रदान गर्न सक्छ । जहाँबाट सामान्यत: कोभिडका भाइरस शरीरमा प्रवेश गर्दछ । 

बेलायत र अमेरिकाका अनुसन्धान टोलीहरूले पनि नजल स्प्रे भ्यासिक्सनहरु अनुसन्धान गरीरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत नोभेम्बरमा, भारतको औषधि नियामकले इन्को भ्याक बूस्टर डोजको रूपमा प्रयोग गर्न अनुमोदन गरेको थियो । कोभिसिल्ड र कोभ्याक्सिनको दुईवटा डोज लगाएका व्यक्तिहरुले नजल भ्याक्सिन आपतकालिन बुस्टर डोजका रुपमा लगाउन सक्ने जनाइएको छ । गत डिसेम्बरमा सो खोपलाई औषधि नियामकले प्राथमिक खोपको रूपमा र वयस्कहरूमा अर्को बूस्टर डोजका रूपमा अनुमोदन गरेको थियो ।

भारत बायोटेकका अध्यक्ष डा कृष्ण इलाले सिरिन्ज वा सुईको आवश्यकता नपर्ने भएकाले नजल भ्याक्सिन सहज भएको बताउनुभएको छ । 


प्रतिक्रिया