म्यानमारमा प्रजातन्त्रवादी समर्थकद्वारा मौन हड्ताल

माघ १८, २०७९

म्यानमारमा प्रजातन्त्रवादी समर्थकले सैन्य विद्रोहको दुई वर्ष पुरा भएको सम्झनामा मौन हड्ताल गरेका छन् । घरभित्रै बसेर र सबै प्रकारका व्यवसायहरु बन्द गरेर उनीहरुले मौन हड्ताल गरेको अन्तराष्ट्रिय सञ्१चारमाध्यमले जनाएका छन् । बेलायत, अमेरिका, क्यानडा र अष्ट्रेलियाले सेनामाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि समर्थकले मौन हड्ताल गरेका हुन् । 

सेनाले मूलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको भन्दै यस वर्ष चुनाव गराउने विषय टार्दै लगेको छ । प्रजातन्त्रवाटी समर्थकले विशेष गरी ग्रामीण क्षेत्रहरूमा सेना विरुद्धको प्रतिरोध जारी रहेको जनाएका छन् । जुन्टा सरकार विरुद्धको प्रदर्शनमा सेनाको आक्रमणमा परि २ हजार ९ सय बढीले ज्यान गुमाएका छन् । यस्तै डेढ लाख बढी मानिसहरू विस्थापित भएका छन् । 

४० लाख बढी घरहरु जलेर नष्ट भएका छन् भने ८० लाख बालबालिकाले विद्यालय छाड्नु परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया