अमेरिका र फिजीबीच सैन्य सम्बन्ध सुधार हुने
मंसिर ८, २०८१ | काठमाडौं
अमेरिका र टापु राष्ट्र फिजीले सैन्य सम्बन्ध सुधारको पहल गरेका छन् । फिजीको समर्थनमा अमेरिकालाई आफ्ना सैनीक परिचालन र तैनाथ गर्न सक्षम बनाउने गरि वार्ता सुरु भएको हो ।
इण्डो प्यासिफिक क्षेत्रको भ्रमणमा पुगेका अमेरिकी रक्षा सचिव लोयड अस्टिनले भ्रमणको अन्त्यमा सो बारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । फिजीको सैन्य आधुनिकीकरणलाई सहयोग गर्न ४९ लाख डलरको सहयता गर्ने प्रतिबद्धामा अमेरिकाले हस्ताक्षर गरेको त्यहाँको रक्षा विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
सो सम्झौतापछि फिजीका प्रधानमन्त्रीले समेत अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प प्रशासन सँग नजिक रहेर काम गर्न तयार रहेको बताएका छन् ।
एसिया–प्रशान्त क्षेत्रमा चीन र अमेरिका बीचको प्रभावका बीच फिजीले वासिङटनसंग सैन्य सहकार्य गर्न लागेको हो । यसअघी फिजीले चीनसँग समेत नीतिगत समन्वयका लागि सहमति गरेपछि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको विश्लेषण गरिएको छ । फिजीमा ९३ लाख बढी जनसंख्या छ ।