गाजा क्षेत्रमा खाद्यान्न अभाव र कुपोषणको समस्या भयावह बन्दै

श्रावण ३, २०८२ | काठमाडौं

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था भयावह बन्दै गएको जनाएको छ । 

राष्ट्रसंघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) ले एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धग्रस्त गाजा क्षेत्रमा खाद्यान्नको चरम अभाव भएको तथा कुपोषणको जोखिम बढ्दै गएको जनाएको हो । 

विशेषगरी महिला र बालबालिकाहरु प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । 

 राष्ट्रसंघको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । खाद्यान्न अभाव र कुपोषणबाट प्रभावित गाजा क्षेत्रमा पछिल्लो समय इन्धनको समेत संकट बढ्दै गएको छ ।     


प्रतिक्रिया