चीनद्वारा ब्रम्हपुत्र नदीमा विशाल बाँध बनाउन शुरु, भारत सशङ्कित

श्रावण ४, २०८२ | काठमाडौं
चीनले भारतको सीमा नजिक तिब्बतको दक्षिण पूर्वी क्षेत्रस्थित ब्रम्हपुत्र नदीमा एउटा विशाल बाँध बनाउन शुरु गरेको छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सो बाँध परियोजनाको शुरुवात् गरिएको हो । भारतको अरुणाचल प्रदेशको सीमा नजिक तिब्बतको निंगची क्षेत्रमा बाँध बनाउन लागिएको समाचारमा जनाइएको छ ।
चीनले सो परियोजना बनाउन सन् डिसेम्बर २०२४ मा स्वीकृति दिएको थियो । परियोजनाको निर्माण सुरु भएपछि भारतले चासो व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनले ब्रम्हपुत्र नदीमा बनाउन लागेको सो परियोजनाले भारतको सुरक्षा र अस्तित्वमा गम्भीर चुनौती खडा गर्नसक्ने बताउनुभएको छ ।
परियोजनाबारे भारतले यस वर्षको जनवरीमै चासो व्यक्त गर्दै चीनको विदेश मन्त्रालयलाई पत्र पठाएको थियो । जवाफमा चीनले बाँध सुरक्षित भएको र कुनै पनि नोक्सान नपु¥याउने प्रतिक्रिया दिएको थियो । चीनले बाँध बनाउन ३ सय बिलियन अमेरिकी डलर खर्च गर्नेछ । त्यहाँ ५ वटा जलविद्युत् परियोजना निर्माण हुँदैछ ।