भियतनाममा एक साताको अवधिमा बाढीमा परि ३५ जनाको मृत्यु

कार्तिक १६, २०८२ | काठमाडौं

भियतनाममा पछिल्लो एक साताको अवधिमा बाढीमा परि ३५ जनाको मृत्यु भएको छ । 

स्थानीय विपद् व्यवस्थापन अधिकारीले बाढीमा परि अझै ५ जना वेपत्ता रहेको जनाएको समाचारमा उल्लेख छ । पछिल्लो साता भियतनामका तटीय प्रान्तहरुमा भारी वर्षा भएको थियो ।

 एक दिनको अवधिमा १ दशमलव ७ मिटर सम्म वर्षा मापन गरिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीका कारण यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको प्राचीन होइ एन सहर समेत डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 स्थानीय नदिमा पछिल्लो ६० वर्षयताकै उच्चतम स्तरमा पानीको बहाव हुँदा शहर डुबानमा परेको हो । डुबानपछि सो क्षेत्रका नागरिक काठको डुङ्गामा यात्रा गर्नुपर्ने अवस्थामा पुगेका छन् । बाढीमा परि १६ हजार ५ सय घरहरु डुबेका छन् भने ५ हजार ३०० हेक्टर कृषि भूमि जलमग्न भएको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया