अस्ट्रेलिया विरुद्धको सिरिजमा भारतको बराबरी
कार्तिक १६, २०८२ | काठमाडौं
अस्ट्रेलियाविरुद्धको पाँच म्याचको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा भारतले पहिलो जित निकालेको छ ।
अस्ट्रेलियाको घरलु मैदान होर्बाटमा भएको खेलमा भारत ५ विकेटले विजयी भएको हो । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारले १८ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गयो ।
भारतको जितमा वासिङ्टन सुन्दरले नट आउट रहँदै ४९ रनको योगदान गरे । त्यसअघि तिलक वर्माले २९ तथा ओपनर अभिशेक शर्माले २५ रन बनाएका थियो । सो क्रममा अस्ट्रेलियाका लागि नाथन इल्सले ३ विकेट लिए ।
भारतले टस जितेर पिलल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाका लागि मार्नुस स्टोइनीसले नट आउट ६४ तथा टिम डेविडले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । आजको खेलपछि भारले सिरिजमा १–१ को बराबरी गरेको छ ।
यसअघि भएको पहिलो खेलमा भने भारत ४ विकेटले पराजित हुँदा पहिलो खेल भने वर्षाका कारण रद्द गरिएको थियो । दुई टोलीबीचको चौथो म्याच आगामी बिहिबार हुनेछ । टी–२० सिरिज अघि भएको ३ म्याचको एकदिवसीय श्रृंखला भने अस्ट्रेलियाले २–१ ले जितेको थियो ।








