टर्कीको सेनाको विमान दुर्घटना २० जनाको मृत्यु

कार्तिक २६, २०८२ | काठमाडौं

टर्कीको सेनाले प्रयोग गर्दै आएको कार्गो विमान जर्जियामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । 

अजरबैजानस्थित गन्जाबाट टर्कीका लागि उडेको विमान जर्जीयामा दुर्घटनामा परेको हो । सेनाले प्रयोग गर्दै आएको विमान दुर्घटनामा परेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

विमान दुर्घटना हुँदा सो विमानमा रहेको सबै २० जना यात्रुको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनाबारे थप खोजीका लागि अनुसन्धानकर्ता घटनास्थलमा पुगेर जर्जीयाका अधिकारीसँगको समन्वयमा भग्नावशेषको निरीक्षण शुरु गरेका छन् । 


प्रतिक्रिया