जापानमा ७.६ म्याग्निच्युडको भूकम्प

मंसिर २३, २०८२ | एजेन्सी

जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प गएपछि करिब ९० हजार मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान सरकारले आदेश दिएको छ । भूकम्प स्थानीय समयअनुसार गएराती सभा ११ बजे गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । 

भूकम्पले ५० किलोमिटरको गहिराई सम्म प्रभाव पारेको बताइएको छ । जुन अओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा पर्दछ । भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी पनि दिइएको थियो । जुन अहिले हटाइएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री सनाई ताकाईचीले कम्तीमा सात जना घाइते भएको र स्थानीयलाई अर्को हप्तासम्म नयाँ भूकम्पका लागि सतर्क रहन आग्रह गरेको बताउनुभएको छ ।  


प्रतिक्रिया