जकार्तास्थित एक भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु
मंसिर २३, २०८२ | काठमाडौं
इन्डोनेशियाको राजधानी जकार्ताको एक सात तले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेको बताइएको छ । अन्य समेत हताहती भएको हुन सक्ने स्थानीय अधिकारीलाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।
पहिलो तल्लामा रहेको ब्याट्री विस्फोट भएपछि आगलागी भएको प्रहरीले बताएको समाचारमा उल्लेख छ । सो भवनमा ड्रोन निर्माण गर्ने कम्पनी रहेको बताइएको छ । आगो नियन्त्रणमा आइसकेकाले उद्धार टोलीहरुले भवनको माथिल्लो तल्लामा अन्य पनि रहेको आंशकामा खोजि गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।







.jpg&w=300&height=200)



