वैकल्पिक ऊर्जामा सर्वसाधरणलाई ५० प्रतिशत अनुदान दिएका छौं : अधिकारी

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १६, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 02 November 2019 | 16 Kartik 2076

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले वातावरणीय सुधारका लागि पनि वैकल्पिक ऊर्जाको प्रर्वद्धन महत्वपुर्ण भएको बताउनुभएको छ । जलविद्युत संगै वैकल्पिक ऊर्जालाई पनि प्राथमिकतामा राख्न सकिए लागत कम र वातवरणीय सन्तुलन कायम राख्न सकिने अधिकारीको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै अधिकारीले बायो ग्यास, सौर्य ऊजा, लगायतका क्षेत्रमा सरकारले ५० प्रतिशत अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया