राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइदै

माघ १, २०७६ | .काठमाडौं

बदलिँदो जीवनशैली, प्रदूषण र पछिल्लो समय देखा परेका स्वास्थ्य समस्या निराकरणका लागि योग साधना उपयोगी हुने सरोकारवालाले बताएका छन् । शारीरिक मात्रै नभई मानसिक र संवेगात्मक विकासका लागि पनि योगको महत्व रहेको पतञ्जली योग समिति नेपालका प्रमुख लवदेव मिश्र बताउनुहुन्छ ।

यसैबीच राष्ट्रिय योग दिवस आज विविध कार्यक्रम गरी मनाइदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा औपचारिक रुपमा राष्ट्रिय एकता–योगको सान्दर्भिकता भन्ने नाराका साथ आज मुलुकभर जनचेतनामुलक कार्यक्रम गरिदैछ । माघ १ गते योग दिवस मनाउने सम्वन्धमा सरकारले २०७२ साउनमा निर्णय गरेपनि यो वर्षदेखि मात्रै राष्ट्रिय दिवसकै रुपमा मनाउन लागिएको हो । यस्तै सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ कक्षामा योगलाई ऐच्छिक विषयका रुपमा लागु गर्ने भएको छ । 


प्रतिक्रिया