बिग बास क्रिकेट लिगमा मेलबर्नले आज पर्थसँग खेल्दै

माघ १, २०७६ | ....

अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा शीर्ष स्थानको मेलबर्नले आज पर्थ स्कोचर्ससँग प्रतिस्पर्धा गर्दैछ । दशौँ चरणको खेलमा मेलबर्न नवौँ र पर्थ छैटौँ जितको खोजीमा रहनेछ । पर्थको घरेलु मैदानमा नेपाली समयानुसार अपरान्ह ३ बजेर ५५ मिनेटमा यी २ टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । जारी सिजन उत्कृष्ट फर्ममा रहेको मेलबर्न दशौ चरणमा पनि आफ्नो लय कायम राख्ने योजनामा रहेको छ । 

मेलबर्नले आजको खेलमा लेगस्पिनर सन्दिप लामिछानेलाई लगातार मैदान उतार्नेछ । टोलीका महत्वपुर्ण सदस्य एडम जाम्पा ईण्डिया भ्रमणमा रहेकाले मेलबर्नको स्पिन बलिङको मोर्चा सन्दिपले सम्हाल्नेछन् । आजको खेलमा जित निकाले मेलबर्नको अघिल्लो चरणको यात्रा निश्चित हुनेछ । 


प्रतिक्रिया