प्रदेश १ मा मन्त्रीमण्डल बिस्तार

माघ ५, २०७६ | बिराटनगर

सरकार गठन भएको झण्डै २ बर्षपछि प्रदेश १ मा आज मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईले ४ जना राज्यमन्त्री थपेपछि वर्तमान मन्त्रीमण्डल ९ सदस्यीय भएको छ ।

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वासलाई राज्य मन्त्री नियूक्त गरिएको हो । संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले आज राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफ्नै मातहत राखी ४ जना राज्यमन्त्री नियूक्तीको सिफारिस गरेको थियो ।

यसअघि रहेको ५ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियैत छन् ।

मुख्यमन्त्री राईले दुवै मन्त्रालय आफू मातहत राखेर राज्यमन्त्री नियूक्तीका लागि मात्रै सिफारिस गरेकाले नेकपा र प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएको छ ।

राज्यमन्त्रीहरुमध्ये विजयकुमार विश्वास तत्कालिन माओवादीका हुन् भने अन्य तीन जना तत्कालिन एमालेबाट परेका छन् । अब ९ सदस्यीय मन्त्रीमण्डलमा विश्वास र आङबो दुई जना तत्कालिन माओवादीबाट परेका हुन् । संबिधानले महिलाको ३३ प्रतिशत राज्यको हरेक निकायमा सहभागिताको ग्यारेण्टीको अबस्थामा प्रदेश सरकारले १ जना महिला प्रदेशसभा सदस्यलाई मात्रै राज्इमन्त्रीमा नियूक्त गरेकाले महिला प्रदेशसभा सदस्यहरुले समेत असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री राईले ४ जनामा एक जना महिला पर्न सफल भएकोले अब आउँदो दिनमा थप महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाए । यो मन्त्रीमण्डल बिस्तारले आइस ब्रेक भएको र अब फटाफट अन्य मन्त्री नियूक्त हुने उनको भनाई थियो । 


प्रतिक्रिया