उपसभामुखका लागि कांग्रेसले नेकपासँग छलफल गर्ने

माघ ६, २०७६ | काठमाडौं

फरक दलबाट सभामुख र उपसभामुख हुने संवैधानिक व्यवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता नेतृत्वकर्ता नेकपासँग छलफल गर्ने भएको छ । 

सभामुखमा दलका तर्फबाट उम्मेद्वारी दिनु पूर्व कांग्रेसले उपसभामुखका लागि लविङ गर्ने तयारी गरेको हो । 

उपसभामुख दिन नेकपा सकारात्मक भए सभामुखका लागि सहयोग गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

उपसभामुखका लागि अन्य दललाई दिने सहमति नेकपाले गरे सभामुखमा उम्मेद्वारी दिने शर्माको भनाई छ । कांग्रेसले सभामुखका लागि सचेतक पुष्पा भुषाललाई अघि सार्ने तयारी गरेको छ । 

प्रवक्ता शर्माले उहाँको नाम चर्चामा रहेपनि पार्टीले औपचारिक निर्णय भने नगरेको बताउनुभयो ।

रेडियो कान्तिपुरसँग कुरा गर्दै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखमा सहयोग गर्नेबारे कांग्रेसबाट कुनै प्रस्ताव नआएको बताउनुभयो । 

संवैधानिक व्यवस्था अनुसार सो पद नेकपाले छाड्नै पर्ने अवस्था रहेकाले नेकपा सबै दलसँग छलफलका लागि खुला रहेको नेता नेम्वाङको भनाई छ । 

उहाँले भन्नुभयो, उपसभामुखमा कुन दलका उम्मेदवारलाई सहयोग गर्ने भन्नेबारे औपचारिक निर्णय भइसकेको छैन ।  


प्रतिक्रिया