सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०७६ | काठमाडौं

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको छ ।

सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत माघ १० गते दायर गरेको रिट निवेदनमा आज सनुवाई हुन लागेको हो । रिटमा सापकोटालाई सभामुखमा नियुक्त गरिए संविधान एवं कानुनको गम्भीर उलंघन भन्दै त्यसो नगर्न माग गरिएको थियो ।

 न्यायाधीश हरिप्रसाद फुँयालको इजलाशमा हिजै तोकिएको रिटको पेसी उहाँले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो । सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।  


प्रतिक्रिया