दामन घटनामा ज्यान गुमाएकालाई क्षतिपूर्ति दिन केरलाका मुख्यमन्त्रीको माग

माघ १४, २०७६ | नयाँ दिल्ली

भारतको दक्षिणी राज्य केरलाको सरकारले मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ जना भारतीय नागरिकहरुको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन माग गर्नुभएको हो । 

उहाँले केन्द्र सरकारबाट तत्काल आवश्यक पहल थाल्न विदेश मन्त्री एस जयंशकरलाई पत्र लेख्दै त्यस्तो आग्रह गर्नुभएको हो । मुख्यमन्त्री विजयनले विदेशमन्त्री जयशंकरलाई लेखेको चिठीमा ‘नेपाल सरकारलाई पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनका लागि समेत आग्रह गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उद्धृत गरेको छ । त्यसैगरी उहाँले घटनाको विस्तृत छानबिनको समेत माग गर्नुभएको छ ।

यसअघि गत शुक्रबार नै मुख्यमन्त्री विजयन र केरलाका सांसदहरुको बैठकले घटनाको नेपाल सरकारले घटनाको विस्तृत छानबिन गर्नुपर्ने र त्यसका लागि भारत सरकारलाई पहल गर्नका लागि आग्रह निर्णय गरेको थियो ।


प्रतिक्रिया