दुर्घटनामा तीनको मृत्यु, ९ जना घाइते

माघ १४, २०७६ | भैरहवा

–परासी सडक खण्ड अर्न्तगत रुपन्देहीको रोहीणी गाउँपालिका ४ छिपागढमा दुई ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहान भैररहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक र परासीबाट भैरहवातर्फ आउँदै गरेका ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाल्ही नन्दन गाउँपालिका–४ का लालु कुर्मी, भविकन कुर्मी र पुर्ण बहादुर भुजेलको मृत्युभएको प्रहरीले जनाएको छ ।

 घाईते मध्ये पाँच जनाको भैरहवास्थित भीम अस्पतालमा र चारजना युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचारार्थ भीम अस्पतालमा रहेका घाइततेमध्ये एकजना ट्रक चालक तनहुका बिरेन्द्र गुरुगं, पाल्ही नन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन् । मेडिकल कलेजमा उपचार जारी रहेनेमा नवलपरासीको पाल्ही नन्दन ४ का २७ बर्षिय बिनोद धवल, ४० बर्षिय दुधही हरिजन, २७ बर्षिय मोहन राय र ३२ वर्षिय सुवास कुर्मी छन् । बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।  


प्रतिक्रिया