पूर्वसभामुख महरालाई सफाइ

फाल्गुन ५, २०७६ | काठमाडौं

आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । 

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

महराविरुद्धको बहस हिजै सकिए पनि समय अभाव भएको भन्दै हेर्दाहेर्दैमा राखेर मुद्दा आजका लागि सारिएको थियो । 

आफ्नै कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई प्रहरीले काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै गत असोज १९ गते पक्राउ गरेको थियो । 

डिल्लीबजार कारागारमा रहेका महरा आवश्यक प्रक्रिया पूरा गरी आजै रिहा हुनेछन् । 


प्रतिक्रिया