उपसभामुख छाडेको ठीक एक महिनामा कानुन मन्त्रालयको जिम्मेबारी

फाल्गुन ५, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वउपसभामुख शीवमाया तुम्वाहाङफेलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गर्नुभएको छ ।

सभामु्खका लागि आफै योग्य रहेको भन्दै लामो समय उपसभामुख पद नछाडेकी तुम्बाहाङ्फेर राजीनामा दिएको ठीक एक महिनापछि आज कानुन मन्त्री नियुक्त हुनु भएको हो । गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई नेकपाले माघ १२ गते केन्द्रीय सदस्य मनोनित गरेको थियो । 

राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमबीच तुम्बाहाङफेले अहिले केहीबेरमा पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ ।

समाजवादीले सरकार छाडेपछि कानुन र शहरी विकास मन्त्रालय खाली थियो । प्रधानमन्त्री ओलीले अर्को निर्णय नभएसम्मका लागि भन्दै कानु्न मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई दिनुभएको थियो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापकाअनुसार, शहरी विकास मन्त्रालयको बिषयमा भने पछि निर्णय हुने छ । 


प्रतिक्रिया