कार्यलयमा २ सिफ्टको व्यवस्था गर्ने सरकारी योजना अलपत्र

फाल्गुन ७, २०७६ | काठमाडौं

- सेवाग्राहीको चाप हुने कार्यलयमा २ सिफ्टको व्यवस्था गर्ने सरकारी योजना अलपत्र परेको छ । कर्मचारी समायोजनमा समस्या देखिएपछि मालपोत, नापी, यातायत लगायतका कार्यालयमा सेवा प्रवाह चुस्त बनाउने सरकारी प्रयास असफल बनेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस्ता कार्यालयमा कर्मचारी समेत अभाव रहेकाले योजना अलपत्र परेको हो ।

 नितीगत समस्याका कारण पनि यस्ता कार्यालय बिहानी सत्रमा सञ्चालन गर्न कठिनाई देखिएको मन्त्री ह्दयेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– मुख्य रुपमा कर्मचारीकै अभावका कारण यसले मुर्तरुप पाउन नसकेको हो । अझ कर्मचारी समयोजनमा भएको गल्तीले अर्को समस्या थपिएको छ ।

कर्मचारी समायोजन प्रक्रीया नै गलत भएकाले सरकारी सेवा प्रवाहमा समस्या भएको मन्त्री त्रिपाठीको भनाई थियो । सरकारसंग प्रशासन समुहका कर्मचारीको संख्या ज्यादा र प्राबिधिक समुहका कर्मचारीको संख्या न्युन हुदा पनि ब्यवहारिक कठिनाई भएको उहाँको दाबी छ ।

समायोजनमा भएको गल्तीको असरकै कारण अहिले २ सय ५० भन्दा बढी कर्मचारीले मन्त्रालयमै हाजिर गर्ने गरेका छन् । यावत समस्या समाधानमा मन्त्रालयले पहल गरिरहेको बताउँदै उहाँले समस्या समाधान भएलगत्तै यो बिषयमा ठोस निर्णय आउने मन्त्री त्रिपाठीको दाबी थियो ।  


प्रतिक्रिया