खानेपानी र विद्युतको महशुल मेरै कार्यकालमा घट्छ : प्रधानमन्त्री ओली

फाल्गुन ११, २०७६ | पाँचथर

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत र खानेपानीको महशुल अझैपनि नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताउनु भएको छ । 

पाँचथरको कुम्मायक गाँउपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका मौलिक हकसँगै अत्यावस्यक आवस्यकतामा पर्ने यी वस्तुको शुल्क समायोजन गर्न सरकार प्रतिवद्ध रहेको टिप्पणी गर्नुभयो । सडक, विद्युत र खानेपानीको पहुँच प्रत्येक नेपालीको घरसम्म पुर्‍याउन सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पुरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता थियो ।

सुख्खा क्षेत्रका रुपमा स्थापित पाँचथरको कुम्मायक गाँउपालिकामा पर्ने तत्कालिन यासोक, स्यावु्रम्वा र रानिगाँउका सर्वसाधारणलाई खानेपानी सुविधा दिने उद्देस्यले निर्माण गरिएको खानेपानी आयोजना प्रधानमन्त्री ओलीको ६९ औं जन्मोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।

पम्पिङ सिष्टमबाट तमोर नदीमा मुहान बनाएर पहाडको टाकुरामा ल्याइएको सो खानेपानीबाट ३ हजार ४३ घर परिवार लाभान्वित हुने बताइएको छ ।

५३ करोड लागतमा निर्माण भएको आयोजनाको प्रकृया २०६८ सालदेखि शुरु गरिएको थियो । सो आयोजना लिफ्ट सिष्टमबाट निर्माण भएको देशकै ठुलो आयोजना हो । 


प्रतिक्रिया